सेना दिवस २०७६ को अवसरमा बज्रदल गण जोमसोमले मैत्रीपूर्ण भलिबल तथा ब्याटमिन्टन खेल आयोजना ग¥यो । गणले नागरिक समाज प्रतिको सामिप्यता अभिबृद्धि गराउन मैत्रीपूर्ण खेल आयोजना गरेको जनाएको छ ।
सेना दिवसका अवसरमा भएको मैत्रीपूर्ण खेलकुदमा स्थानीय युवाहरुले सहभागी जनाएका छन् । स्थानीयबासी तथा राष्ट्र सेवक कर्मचारी बीच आईतबार भएको भलिबलको फाईनल खेलमा राष्ट्र सेवक सुरक्षा निकायको आयोजक टिम बज्रदल गण च्याम्पियन भएको छ । बज्रदल गणले स्थानीयबासीको प्रतिनिधित्व गरेको नेपाल प्रहरीको टिमलाई ३–१ को सेटमा पराजित गरेको थियो ।
यसअघि कुल ५ टिम सम्मिलित भलिबल खेलको सेमी फाईनल खेलमा बज्र दल गण भर्सेस एपिएफ र स्थानीयबासीको प्रतिनिधित्व गरेको नेपाल प्रहरी बाई पाएर सेमी फाईनलमा प्रबेश गरेको थियो । नकआउट चरणमा खेलाईएको भलिबलको उपाधि बिजेता बज्र दल गणले शिल्ड ,मेटल र प्रमाणपत्र हात पा¥यो भने नेपाल प्रहरी उपबिजेतामा चित्त बुझायो । यस्तै , ब्याटमिन्टन खेलतर्फ १० जनाको समुहले भाग लिएका थिए । खेलमा स्थानीयबासीको समुहबाट सुमन थकाली र भीमबहादुर गुरुङ प्रथम भए भने सुरक्षा निकायका तर्फबाट तुलबहादुर कार्की र बासुदेव डगौरा दोश्रो भए ।
मैत्रीपूर्ण भलिबल तथा ब्याटमिन्टन खेलमा बिजेतालाई प्रजिअ बेदप्रसाद अर्याल , उपप्रमुख राजेन्द्र शेरचन ,बज्रदलका प्रमुख सेनानी सुवास केशी ,शैनिक उच्चशिखर शिक्षालयका महासेनानी ईन्द्रबहादुर शाह र शसस्त्र प्रहरी नायब निरिक्षक आनन्द थापा मगर , प्रहरी नायव उपरिक्षक तुलबहादुर लगायतले संयुक्त रुपमा शिल्ड ,मेडल र प्रमाणपत्र प्रदान गरे ।
सेना दिवसका अवसरमा शुक्रबार देखि खेलाईएको खेललाई हिमपात र प्रतिकुल मौसमले प्रभावित तुल्याएको खेल संयोजक सेनानी किशोरबहादुर अधिकारीले जानकारी दिए ।






