वैदेशिक रोजगारीका लागि विभिन्न व्यक्तिहरुलाई टर्की र ग्रिस जस्ता देशमा पठाइदिन्छु भन्दै रकम उठाएर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
वैदेशिक रोजगारको सिलसिलामा टर्की र ग्रिस वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी ३२ जना व्यक्तिहरुको ३९ लाख ५६ हजार रुपैँया लिई सम्पर्कविहीन भएको आरोपमा मोरङको रतुवामाई नगरपालिका–६ बुधबारे घर भई काठमाडौंको चुच्चेपाटी बस्ने ५२ वर्षीय कमल प्रसाद पोखरेल पक्राउ परेका हुन् ।
पीडित गोपिराम पराजुलीले दिएका जाहेरीका आधारमा बिहीबार पक्राउ परेका उनलाई आइतबार वैदेशिक रोजगार विभाग बुद्वनगरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागी पठाईएको प्रहरीले जनाएको छ।






