सुनको मूल्य बढेर दैनिक नयाँ किर्तिमान

सुनको मूल्य उकालो लाग्ने क्रम अझैं जारी छ ।आइतबार पनि सुनको मूल्य बढेर नयाँ किर्तिमान बनाएको छ ।

शुक्रबार ७८ हजार १ सयमा कारोबार भएको सुन आइतबार ७ सयले बढेर ७८ हजार ८ सय पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला ७८ हजार ५ सयमा कारोबार भइरहेको छ।

चाँदी भने प्रतितोला ९२० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।