कास्की जिल्ला तेक्वान्दो संघ अन्तर्गत रहेको येसुदा तेक्वान्दो डोजाङका १ सयभन्दा बढी खेलाडीलाई शनिबार विभिन्न बेल्ट वितरण गरिएको छ ।
कार्यक्रममा पूर्व तेक्वान्दो खेलाडी , वागलुङ समाज पोखराका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि कुलचन्द्र शर्माले खेल शारीरिक तन्दुरुस्ती, देशको पहिचान र सद्भावको माध्यम भएको बताए ।
उनले आफ्नो खेल जीवनका अनुभवसमेत साटे । कार्यक्रम डोजाङ प्रमुख ललित धामीको अध्यक्षतामा भएको हो ।





