राष्ट्रिय र जनप्रिय सिर्जना कप च्याम्पियन

राष्ट्रिय मावि र जनप्रिय माविले पोखरा भएको सिर्जना कप छात्रा तथा छात्रा भलिबल प्रतियोगिताको उपाधि जितेका छन् ।

कास्की जिल्ला भलिबल संघ र सिर्जना विकास केन्द्र सिमलचौरको आयोजनामा पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएका फाइनल खेलमा छात्रतर्फ राष्ट्रिय माविले वाराही माविलाई पराजित गरी उपाधि चुमेको हो । छात्रातर्फ जनप्रिय माविले ताल वाराही माविलाई पराजित गर्दै उपाधि हात पा¥यो ।

दुवै विधाका उपाधि विजेताले समान ५०हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता वाराही मावि र ताल वाराही माविले समान ३०हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

शनिबार भएका फाइनल भिडन्तमा छात्रतर्फ राष्ट्रिय माविले वाराही माविलाई ३—२ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । राष्ट्रिय माविले वाराहीलाई २८–२६, २५–२०, २१–२५, २५–२७ र १६–१४ को सेटमा पराजित ग¥यो ।

छात्रातर्फ भएको फाइनल भिडन्तमा जनप्रिय माविले ताल वाराही माविलाई सोझो सेटमा पराजित गर्दै उपाधि जित्यो । उपाधि भिडन्तमा जनप्रियले ताल वाराहीलाई २५–१८, २५–७ र २५–१६ को सेटमा पराजित ग¥यो ।

छात्रतर्फ शनिबार भएको खेलमा मेश्रम वराह माविले कालिका माविलाई २५–२१, २६–२४, २१–२५ र २५–१५ को सेटमा हराउँदै तेस्रो भयो । छात्रातर्फ राष्ट्रिय माविले विन्दवासिनी माविलाई २५–१२, २१–२५, १५–२५, २५–२२ र १५–१० को सेटमा पन्छाउँदै तेस्रो स्थान सुरक्षित ग¥यो ।

तेस्रोे स्थान प्राप्त गर्ने छात्रतर्फको मेश्रम वराह मावि र छात्रातर्फको राष्ट्रिय मािवले समान १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा छात्रतर्फ राष्ट्रिय माविका अजय सुनार र छात्रातर्फ जनप्रिय माविकी तेलिना छन्त्याल सर्वोत्कृष्ट खेलाडी घोषित भए । छात्रतर्फ उत्कृष्ट स्पाइकरमा वाराही माविका प्रवीन सुवेदी, सेटरमा राष्ट्रिय माविका राजकुमार विक, ब्लकरमा वाराही माविका अजय थापा तथा छात्रातर्फ उत्कृष्ट स्पाइकरमा तालवाराही माविकी सृष्टि विक, सेटरमा जनप्रिय माविकी मञ्जु सेन्चुरी, डिफेन्डरमा ताल वाराही माविकी विपना नेपाली र सर्भरमा जनप्रिय माविकी विपना पुन उत्कृष्ट घोषित भए ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५हजारसहित ट्रफी तथा अन्य उत्कृष्टलाई १÷१ थान भलिबल प्रदान गरियो ।

प्रतियोगितका विजेतालाई कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुली, सिर्जना विकास केन्द्रका अध्यक्ष मीनप्रसाद भट्टराई, उपाध्यक्ष इन्द्र पौडेल, खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश अध्यक्ष एकराज गिरी, पत्रकार सन्देश श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।