मुस्ताङबाट निर्वाचित संघीय सांसद प्रेमप्रसाद तुलाचन लगायतको टोलीले शनिबार जोमसोम बिमानस्थलको निरीक्षण ग¥यो । निरीक्षणमा प्रजिअ बेदप्रसाद अर्यालसहित जिल्ला स्थित कार्यालयका कर्मचारी र सुरक्षा निकायको टोली सम्मिलित रहे ।
सांसद तुलाचन लगायतको टोलीलाई जोमसोम विमानस्थल प्रमुख दिपक बिकले आन्तरिक व्यवस्थापनको जानकारी र रनवे क्षेत्रको अवलोकन गराए । नागरिक उड््यन प्राधिकरणले निकट भबिष्यमा जोमसोम विमानस्थलको रनवे मार्ग बिस्तार गर्ने सोच बनाएको छ । धावन मार्गको लम्बाई बृद्धि गर्दै हवाई सुरक्षालाई दिगो तुल्याउन सांसद तुलाचनले आन्तरिक पहल कदमी थालेका हुन् ।
यसैको प्रारम्भिक निरीक्षणका लागि सांसद तुलाचनले रनवे क्षेत्रको निरीक्षण गरेको विमानस्थल प्रमुख विकले जानकारी दिए । उनका अनुसार हालको ८ सय १० मिटर रनवेलाई करिव १ सय मिटर बढी लम्बाई बृद्धि गर्ने नागरिक उड््यन प्राधिकरणको सोच छ । हाल १८ सिट क्षमताको टुईनेटर प्लेन जोमसोम आउने गरेकोमा रवने बिस्तारपछि यसभन्दा बढी सीट क्षमता भएका प्लेन जोमसोम अवतरण गर्नसक्ने बिमान स्थल प्रमुख बिकको भनाई छ ।
जोमसोम विमान स्थल निरीक्षणपछि सांसद तुलाचनले मुस्ताङ जिल्लालाई हवाई मैत्री बनाउन रनवे बिस्तार योजना स्वागतयोग्य भएको बताए । प्राधिकरणले गतबर्ष जोमसोम बिमानस्थलको रनवेक्षेत्र लगायतको स्तरोन्नति गरेको थियो ।






