शिवरात्रि मनाउन सहयोग माग्दै गरेका बालकको मृत्यु

शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको बसको ठक्करबाट ज्यान गएको छ।

दोलखाको कालिञ्चोक गाँउपालिका ९ सुन्दरावतिमा बसको ठक्करबाट पुजन थामीको ज्यान गएको हो ।

शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका बालबालिकाको समूहलाई बा ४ ख ५८०९ नम्बरको बसले डोरीसहित लतार्दा पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।

बसको चालकलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।