नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बिहीबारको तुलनामा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।
गत फागुन ६ गते देखि दैनिक बढ्न थालेको सुनको मूल्यले हरेक दिन उच्च मूल्यको रेकर्ड राखेकोले सुनको कारोबार आधाभन्दा बढीले घटेको छ ।
नेपाली बजारमा शुक्रबारछापावाला सुन प्रतितोला मूल्य ७८ हजार १ सय मा रकारोबार भएको नेपाल सुन चाँदी व्यवसायी माहासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य ७७ हजार ८ सय रुपैयाँ पुगेको छ ।
चाँदीको प्रतितोला मूल्य ९ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।




