यौन दुर्व्यवहार आरोपमा प्रधानाध्यापक पक्राउ

पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापकले १४ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेका छन् ।

कक्षा ३ मा पढ्ने १४ वर्षीया छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले प्रधानाध्यापक मोहनप्रसाद दुलाललाई पक्राउ गरेको छ । अभिभावकको उजुरीको आधारमा दुलाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रोहनराज अर्यालले जानकारी दिएका छन् ।

दुलालले किशोरीको संवेदनशील अङ्गमा हात लगाएको भन्दै उजुरी परेको छ । विद्यालयबाट छात्रा रुँदै घर पुगेपछि घटना सार्वजनिक भएको हो । दुलालले यसअघि पनि पटक–पटक विद्यालयमा छात्रालाई दुर्व्यवहार गर्दै आएका अभिभावकहरुले बताएका छन् ।