नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना हुदाँ ६ जनाको मृत्यु भएको छ ।
बुधबार राति भारतको सलिम बैंलुरु राष्ट्रिय राजमार्गमा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । घाईतेको मोहन कुमारमंगलमा मेडिकल कलेजमा उपचारका भइरहेको छ ।
नेपालको सुनसरीबाट २३ माघमा ३५ दिनको लागि तीर्थयात्रामा निस्किएको बसमा ३४ यात्रु सवार थिए ।
भारतको प्रसिद्ध तीर्थस्थल कन्याकुमारीको दर्शन गरेर नरीपल्लम जान लागेको बसलाई पार्किङ गर्नको लागि यू–टर्न लिन खोज्दा विपरित दिशाबाट आएको अर्को मिनिबसले ठक्कर दिएको भारतीय प्रहरीले बताएको छ ।
मृत्यु हुनेमा ४ पुरुष र २ जना महिलासहित ६ जनाछन्। जसमा ५६ वर्षका गोपाल तामाङ, ६० वर्षका विष्णु दाहाल, ४६ वर्षका वीरबहहादुर राई, ५० वर्षका टीकाराम र ५० वर्षकी बेलुकारी चौधरीको नाम खुलेको छ ।
प्रहरीले दुबै बसका चालकलाई नियन्त्रणमा लिएको छ ।






