बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ ।

सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड घुस माग्दै कुराकानी गरेको अडियो सार्वजनिक भएपछि उनको बर्खास्ती र छानवीन माग गर्दै कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको हो ।

अवरोध गर्नुअघि कांग्रेसका तर्फबाट जितेन्द्र नारायण देवले बोलेका थिए।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचार नगर्ने प्रतिवद्धताविरुद्ध सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले सेक्युरिटी प्रेस स्थापनाको लागि कमिसन मागेको अडियो प्रकरण सार्वजनिक भएको भन्दै तत्काल प्रधानमन्त्रीले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गरेका थिए ।

उनले छानबिनको प्रक्रिया अगाडि नबढेसम्म र प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद अघि बढ्न नदिने बताए।

राष्ट्रिय सभाको अर्को बैठक फागुन १५ मा बस्ने भएको छ।