नेपाली बजारमा सुनको भाउ आकासीएको छ । सुनको मूल्य इतिहासमै सर्वाधिक भएको र मूल्य बढ्ने क्रम जारी रहेको नेपाली सुन चाँदी व्यवसायी संघकाले जनाएको छ ।
बुधबार प्रतितोला ७७ हजार १ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्य बिहीबार ५ सयले वृद्धि हुदै ७७ हजार ६ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको हो।
त्यसैगरी, तेजाबी सुनको मूल्य ७७ हजार ३ सयमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर आज ९ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।




