पिन गण्डकी प्रदेश अध्यक्षमा विकास

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निकट प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) गण्डकीमा ३९ सदस्यीय प्रदेश कमिटी घोषणा भएको छ ।

बुधबार पोखरामा भएको कार्यक्रममा कमिटी घोषणा गरिएको हो । पिन गण्डकी अध्यक्षमा विकास वाग्ले, उपाध्यक्ष महेन्द्रबहादुर गोदार, सचिव सुरेश तिमिल्सिना र कोषाध्यक्ष सुमन गिरी छन् । सचिवालयमा कुलप्रसाद पौडेल, दीपक थापा, बाबुराम भन्डारि, विष्णु खनाल, मनोज बराल, रामकुमार श्रेष्ठ, सुदीप कोइराला, सुनील दाहाल र सोजितबहादुर क्षत्री चुनिए ।

प्रदेशमा निर्वाचित सबै पदाधिकारीलाई नेकपा गण्डकी सहइन्चार्ज खगराज अधिकारीले पद तथा गोपनियताको सफत गराए ।मनाङ र मुस्ताङ सचिवालयलाई जिम्मेवारी दिएर ९ जिल्लामा अध्यक्ष र सचिव घोषणा गरिएको छ ।

जिल्ला अध्यक्षमा कास्कीबाट ध्रुवराज भट्टराई, गोर्खाबाट राजेश अधिकारी, बागलुङबाट बिमल आचार्य, पर्वतबाट रमेश जोशी, लमजुङबाट मदन शर्मा, तनहुँबाट विष्णुराज पान्डे, म्याग्दीबाट कृष्ण रिजाल, नवलपुरबाट शशिधर भुजेल, स्याङ्जाबाट टीटकाराम रेग्मी छन् ।

जिल्ला सचिवमा कास्कीबाट आनन्द भट्टराई, गोरखाबाट रबिन कट्टेल, बागलुङबाट भुवन पौडेल, पर्वतबाट सम्राट पौडेल, लमजुङबाट रामकृष्ण घिमिरे, तनहुँबाट दीपक कुवँर, म्याग्दीबाट अन्जन खत्री, नवलपुरबाट सुरेश पौडेल र स्याङ्जाबाट टेक खड्का चुनिएका छन् ।

कार्यक्रममा नेकपा गण्डकी सहइन्चार्ज अधिकारीले इन्जिनियरहरुको उत्साहजनक उपस्थितिले प्रादेशिक एकता बलियो भएको बताए । उनले केन्द्र, प्रदेश र स्थानिय तहसम्म इन्जिनियरको तालमेल र सुमधुर समबन्ध विकास गर्न आग्रह गरे । कार्यक्रमको अध्यक्षता पिन गण्डकी प्रदेश संयोजक खिमानन्द कँडेलले गरेका थिए ।

पिन गण्डकी प्रदेश कमिटी सदस्यहरु
अनिष ढकाल (तनहुँ)
अश्मिता खनाल (कास्की)
आशीष दनाई, (लमजुङ)
आशीष मल्ल (कास्की)
ईश्वर भण्डारी (म्याग्दी)
किरन न्यौपाने (कास्की)
कृष्ण भन्डरी (तनहुँ)
ज्योति थापा (कास्की)
टीका थापामगर (म्याग्दी)
देवेन्द्र पोख्रेल –पर्वत)
नारायण तिमिल्सिना (कास्की)
नारायण पौडेल (बागलुङ)
निशान केसी (पर्वत)
प्रकाश काफ्ले (स्याङ्जा)
प्रदीप न्यौपाने (तनहुँ)
फारमसिंह थापा (कास्की)
विप्लव पोख्रेल (कास्की)
भागवान कुवँर (लमजुङ)
महेन्द्र आचार्य (बाग्लुङ्ग)
राजन रानाभाट (गोरखा)
राधा गौतम (कास्की)
सागर बस्याल (नवलपुर)
साधुराम लामिछाने (गोरखा)
सुन्दर अधिकारी (कास्की)
हरि केसी (कास्की)