भैँसी चोरेको आरोपमा २ पक्राउ

भैँसी चोरेको आरोपमा प्रहरीले भिरकोट नगरपालिका–२ का २४ वर्षीय अजमत अलि र सोही ठाउँका २७ वर्षीय महमद अलिलाई पक्राउ गरेको छ ।

मंगलबार ग१ज ५८४१ नंको जिपमा भैँसी र पाडी लिएर बयरघारीतर्फ जाँदैगर्दा सोधपुछका क्रममा भैँसी किनेको ठाउँ खुलाउन नसकेपछि पक्राउ गरिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

भिरकोट नगरपालिका– का तेजबहादुर केसीको दुई वर्षको पाडी र भिरकोट–२ की जमुना केसीको सात वर्षको लैनोभैँसी गोठबाटै हराएको उजुरी दिएपछि प्रहरीले खोजतलास थालेको थियो । तेजबहादुर केसी र जमुना केसीलाई भैँसी र पाडी देखाउँदा आफूहरुको भएको बताएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए।

चोरी कार्यमा संलग्नलाई जिल्ला अदालतमा म्याद थपी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।