चीनबाट नेपाल ल्याएका नेपालीहरुको स्वास्थ्य परीक्षणका क्रममा कसैमा पनि कोरोना भाइरस नभएको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महेन्द्र श्रेष्ठले फागुन ४ गते चीनको वुहानबाट ल्याएका १७५ जनाकै स्वास्थ्य परीक्षण गरिएको र त्यसक्रमम कसैमा पनि कोरोना भाइरसको संक्रमण नभेटिएको जानकारी दिएका हुन् ।
गत आइतबार चीनको वुहानबाट १७५ जना नेपालीलाइ उद्धार गरी नेपाल ल्याइएको थियो। उनीहरुलाइ हाल भक्तपुरको खरिपाटीमा तयार गरिएको क्वारेन्टाइनमा राखिएको छ।




