सुन इतिहासकै महँगो

नेपाली सुनको मूल्य हालसम्मकै उच्च विन्दूमा पुगेको छ। सुनको मूल्य इतिहासमै सर्वाधिक भएको र मूल्य बढ्ने क्रम जारी रहेको नेपाली सुन चाँदी व्यवसायी संघकाले जनाएको छ ।

मंगलबारको तुलनामा आज बजारमा सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । बुधबार सुन तोलाको ७७ हजार १ सय कायम गरिएको छ । मंगलबार बजारमा सुन तोलाको ७६ हजार ७ सयमा कारोबार भएको थियो ।

आज तेजावी सुन तोलाको ७६ हजार ८ सयमा कारोबार भइरहेको छ । चाँदी पनि तोलाको १५ रुपैयाँले बढेर ९०५ कायम गरिएको संघकाले जनाएको छ ।