नेपाली सुनको मूल्य हालसम्मकै उच्च विन्दूमा पुगेको छ।
सोमबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंगले जनाएको छ।
गत पुस २३ गते ७६ हजार ५ सय रुपैयाँमा पुगरे सुनको मूल्यले त्यसअघिका रेकर्ड तोडेको थियो।
यसअघिका रेकर्डलाई तोड्दै आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हाे।
त्यस्तै मंगलबारका लागि तेजावी सुन प्रतितोला ७६ हजार ४ सय रुपैयाँ तोकिएको छ।
चाँदी भने सोमबारकै मूल्य प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।




