गुण्डा नाइके दावा लामाका सहयोगी पक्राउ

गुण्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट खटिएको टोलीले सत्यमानलाई गएराति काठमाडौंको लाजिम्पाट क्षेत्रबाट पक्राउ गरेको हो । सत्यमान गण्डा नाइके दावा लामाको लखापालको रुपमा समेत काम गर्ने गर्दथे ।

सत्यमान लामा यसअघि पनि ठगी, गुण्डागर्दी र लागू औषध कारोबारको आरोपमा पक्राउ पर्दै आएका थिए । पछिल्लो समय २०७६ असारमा पनि लामा पक्राउ परेका थिए । त्यसअघि २०७५ असारमा पक्राउ परेका सत्यमानलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद नवीना लामाले छुटाएकी थिइन् ।

सोमबार बेलुकी भने लाजिम्पाटको सांग्रिला होटेलमा मदिरा सेवन गरेका लामाले प्रहरीसँग विवाद गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।