फागुन ६ गते २०७६

ताजा समाचार

फागुन ६ गते २०७६

अस्ट्रेलियामा नेपाली युवतीको मृत्यु



ललितपुरकी एक युवतीको अस्ट्रेलियामा मृत्यु भएको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका साना गाउँस्थित अनन्त इङ्लिस स्कुलबाट एसएलसी गरी बीबीएस सकेर उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गएकी रमिला मर्हजनको मृत्यु भएको हो ।

दुई वर्षअघि मात्रै अस्ट्रेलिया गएकी महर्जनलाई ब्रेन ट्युमरको समस्या देखिएपछि उपचारका क्रममा उनको मृत्यु भएको हो ।

२ वर्षअघि मात्रै उनको विवाह भएको रमिलाको श्रीमान सञ्जय महर्जन पनि अस्ट्रेलियामै भएको हुदाँ उनको दाहसंस्कार सोमबार अस्ट्रेलियामै गरिएको छ ।