रत्न राज्यलक्ष्मी(आरआर) क्याम्पसमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका विद्यार्थी संगठनबीच झडप भएको छ ।
सोमबार बिहान आसन्न स्ववियु निर्वाचनका विषयमा विवाद नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका विद्यार्थी संगठनबीच झडप भएको हो ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्ना विद्यार्थीहरु आविष्कार पौडेल, कुशल बस्नेत र सुमन खड्कामाथि कुटपिट भएको आरोप लगाएका छ । यता अनेरास्ववियूले भने दुई समुहबीच झगडा भए पनि सांगठानिक नभएको बताएको छ ।
प्रहरीले घटनापछि दुबैतिरका १० जनालाई पक्राउ गरेको छ । पक्राउ परेका विद्यार्थीलाई पुलिस क्लवमा राखिएको छ । उनीहरुलाई तत्काल रिहाई गर्न नेविसंघले माग गरेको छ ।





