साताको पहिलो दिन बजारमा सुनको भाउमा वृद्धि भएको छ ।
शुक्रबार प्रतितोला ७६ हजारमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आइतबार प्रतितोला ५ सयले बढेर ७६ हजार ५ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार तेजाबी सुन प्रतितोला ७६ हजार २ सयमा कारोबार भैरहेको छ ।
यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढ्दै ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।




