धारिलो हतियार प्रयोग गरी किशोरीको हत्या

सल्यानमा धारिलो हतियार प्रयोग गरी एक किशोरीको हत्या भएको छ।

जिल्लाको त्रिवेणी गाउँपपालिका वडा नं.१, तल्लो काभ्रामा १६ वर्षीया कविता बोहराको घाँटी रेटेर हत्या भएको हो ।

अभिभावकका अनुसार शुक्रबार राति ९ बजेसम्म कविता कोठामा एक्लै पढिरहेकी थिइन्। घरका अन्य सदस्य सुतेपछि कविता बाहिर निस्केको हुन सक्ने र त्यही बेला उनको घाँटी रेटर हत्या भएको बुझिन आएको प्रहरीले जनाएको छ।

कक्षा ९ मा अध्यनरत बोहोराको राति १ बजे मात्र परिवारले कविताको खोजी सुरु गरेका थिए। तर कोठामा उनी नदेखपछि खोज्दै जाँदा घरदेखि १५ मिटरजति पर उनी अगाडि घाँटी र पछाडि टाउकोको भागमा धारिलो हतियारले आक्रमण गरी विभत्स हत्या गरेको अवस्थामा शव फेला परेको थियो।

घटनास्थलमा बोहोराको मोबाइल फेला परेको छ। त्यही मोबाइलको कल डिटेल्सको आधारमा अनुसन्धान गर्ने तयारी गरेको सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताएका छन् ।