नेपाली कांग्रेस ललितपुरका नेता एवं पूर्वमेयर बेखारत्न शाक्यको निधन भएको छ ।
लामो समयदेखि बिरामी रहेका शाक्यको आज विहान निधन भएको ललितपुर महानगरपालिकाको उपमेयर गीत सत्यालले जानकारी दिएकी छिन् ।
शाक्य नेपाली कांग्रेसका तर्फबाट २०४९ सालमा ललितपुरको पहिलो मेयरमा निर्वाचित भएका थिए। पञ्चायतका कठोर दिनमा नेपाली कांग्रेसको संगठन निर्माण र प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याएका शाक्यको दुई छोरी एक छोरा र श्रीमती छन्।






