नाट्टा पश्चिमाञ्चलमा सञ्जयकान्त सिग्देलको प्यानलको वर्चश्व भएको छ । अध्यक्षमा सिग्देलसहित प्राय पदाधिकारी र सदस्यमा उनको प्यानल विजयी भएको हो ।
शनिबार पोखरामा भएको २५ औं साधारणसभा तथा ११ औं अधिवेशनमा सिग्देलले झवी अधिकारीलाई २० मतले पछाडि पारे । सिग्देलले ९० मत प्राप्त गर्दा अधिकारीको पक्षमा ७० मत खसेको छ ।
सिग्देलले सम्पूर्ण व्यवसायीलाई समेटेर अगाडि बढ्ने प्रतिक्रिया दिए । प्रथम उपाध्यक्षमा हरिराम अधिकारी बिजयी भएका छन् । उनले १ सय ८ मत पाएका छन् । उनका प्रतिस्पर्धी सुवास भण्डारीले ५१ मत ल्याएका छन् ।
द्वितीय उपाध्यक्षमा किशोर दाहाल विजयी भएका छन् उनले १०० मत ल्याउँदा प्रतिस्पर्धी नेत्रपाणि भण्डारी बाबुरामले ६१ मत प्राप्त गरेका छन् । महासचिवमा कमला गिरी विजयी बनिन् । उनको पक्षमा ८७ मत खस्दा कुलचन्द्र शर्माले ७५ मत प्राप्त गरे ।
सचिवमा संगीता पौडेल विजयी भएकी छन् । उनको पक्षमा ८७ मत प्राप्त भएको छ भने प्रतिस्पर्धी चेतन कार्कीले ७६ मत प्राप्त गरे । कोषाध्यक्षमा राजेश पहारीले ८४ मत ल्याएर विजयी भए भने प्रतिस्पर्धी विश्वराज आचार्यले ७४ मत प्राप्त गरेका छन् ।
सहकोषाध्यक्षमा नवराज भण्डारीले ७८ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी प्रदीप काफ्लेले ७४ मत प्राप्त गरे ।
सदस्यमा सुवाष पहारी, ताराप्रसाद गौतम, सन्दिप श्रेष्ठ, सुशीला सिग्देल र खिमबहादुर नेपाल छन् । सहकोषाध्यक्ष नवराज भण्डारी, सदस्य सुशील सिग्देल र खिमबहादुर नेपालीमात्रै झवी अधिकारीको प्यानलबाट हुन् ।
१५ सदस्यीय समितिमा २ जना मनोनित हुन्छन् । नाट्टामा १ सय ८१ सदस्य छन् ।




