बागलुङ बिनामारे समाजको दोस्रो साधारणसभा शनिबार भएको छ । बागलुङको बिनामारेबाट पोखरामा आई अस्थायी र स्थायी रुपमा बसोबास गर्नेहरु समाजमा आवद्ध छन् ।
कार्यक्रममा बागलुङ समाज पोखराका उपाध्यक्ष सुनिल पाण्डेले मानिस सामाजिक प्राणी भएकाले सभ्य समाज र उन्नतिका लागि सधै प्रयत्न गरिरहने बताए । उनले विभिन्न स्थानबाट पोखरा आएकहरुले यहाँको विकास र समृद्धिका लागि महात्वपूर्ण योगदान गरेको स्मरण गर्दै आफ्नो जन्मभूमिलाई उपेक्षा गर्न नहुनेमा जोड दिए ।
समाजका अध्यक्ष झलक शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सचिव टेक शर्मा, कोषाध्यक्ष जयराम आचार्यले पेश गरेका प्रतिवेदन पारित भएका छन् । संस्था २०७४ मा जिल्ला प्रशासन कार्यायल कास्कीमा दर्ता भएको हो ।
वनभोजसहित भएको सभामा नारायण आचार्य, महेन्द्र केसी, विनोद शर्मा, सुनील केसी लगायतले बोलेका थिए ।






