केस्रिक विलियम्स पोखराबाट ईपीएल खेल्ने

वेष्ट इण्डिजका खेलाडी केस्रिक विलियम्सले पोखरा राइनोजबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । वेष्ट इन्डिजका बलर विलियम्सले पोखरा राइनोजबाट ईपीएल खेल्ने पक्का भएको हो ।  

शनिबार पोखराले प्रेस विज्ञप्ति निकाल्दै विलियम्सलाई क्लबमा अनुबन्धन गरेको जनाएको छ । आउँदो चैत १ गतेदेखि १४ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने ईपीएलका लागि पोखराले यसअघि वेष्ट इण्डिजका स्टार क्रिस गेललाई अनुबन्ध गरिसकेको छ । विलियम्सले ४३ टि–ट्वान्टीमा ११६ विकेट लिएका छन् ।