त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको छ ।
शनिबार दशरथ रंगशालामा भएको खेलको ३३ औं मिनेटमा उपहार पाएको गोलले नै मच्छिन्द्रलाई यो संस्करणको च्याम्पियन बनायो ।
त्यसैको फाइदा आर्मीले उठाउन नसक्दा उपाधिबाट चुक्यो । उपाधि विजेता मच्छिन्द्रले १३ खेलमा ३१ अंक जोड्न सफल रह्यो ।
दोस्रो स्थानमा रहेको आर्मीले २९ अंकमा चित्त बुझायो । मच्छिन्द्रले १० मा जित, २ मा बराबरी र १ खेलमा हार निकाल्दा आर्मीले ९ मा जित २ मा बराबरी र २ खेलमा हारतको नतिजा निकालेको थियो ।
लिगमा मनाङ मस्र्याङ्दी क्बलले २८ अंक जोड्दै तेस्रो स्थान बनायो । २६ अंकका साथ थ्रीस्टार चौथो, २० अंकका साथ नेपाल पुलिस क्लब पाँचौ र १९ अंकका साथ जाउलाखेल युथ क्लब छैटौँ स्थानमा रह्यो ।
शीर्ष ६ टोलीले आगामी वैशाखमा राष्ट्रिय लिग खेल्न पाउनेछन् । सरस्वती युथ क्लब भने बी डिभिजनमा घटुवा भएको छ । १३ खेलमा उसले ४ अंक मात्रै जोड्न सक्यो ।




