शनिबार बिहान पोखराको नयाँबजारमा बिजुली पोलले लागेर १ पैदल यात्रु घाइते भएका छन् । बिहान साढे ८ बजेतिर प्रदर्शनी केन्द्रअघि ना ४ ख ९३६६ नं.को बसले बिजुलीको पोलमा ठक्कर दिँदा ढलेको पोल पैदल यात्री ४६ वर्षीया कृष्णकुमारी विकमाथि बज्रिएको हो ।
माछापुच्छ्रे गाउँपालिका २ भुर्जुङखोलाकी बिकको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।




