श्रृंखलाले स्वीकारिन् सिशनसँगको प्रेम

पूर्व मिस नेपाल श्रृंखला खतिवडा र सिशन बानियाबीच प्रेम सम्बन्धको चर्चा पुरानै भइसक्यो । प्रेम दिवसको अवसरमा श्रृंखलाले सार्वजनिक रुपमै सिशनसँगको सम्बन्ध सार्वजनिक गरेकी छन् ।
इन्स्टाग्राममार्फत उनले सम्बन्ध स्वीकार गरेकी छन्। उनले इन्स्टाको स्टोरीमा सानो भिडियो क्लिप राखेर ‘एक्साइटिङ डेट फर अस’ लेखेकी छन् ।

उनी मिस नेपाल भएपछि मिस वर्ल्डमा देखाउने मल्टिमिडिया स्टोरी बनाउने क्रममा नजिकिएका उनीहरु विदेश भ्रमणमा प्रायः सँगै देखिने गरेका थिए।