जिपको ठक्करबाट सहायक प्रहरी निरीक्षकको मृत्यु

काभ्रेमा जिपको ठक्करबाट एक प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।

बनेपा नगरपालिका-१३ स्थित सडकमा बा.१९ च १३२३ नम्बरको जिपले शुक्रबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेज बहादुर गुरुङको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिप चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।