सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबलाई हराउदै थ्री स्टार क्लब तेस्रो स्थानमा उक्लिएको छ।
शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा थ्री स्टार क्लबले च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
खेलमा लाल राम्भारा र अनन्त तामाङले गोल गर्दै थ्री स्टारलाई जित दिलाएका हुन् ।
जितसँगै १३ खेलमा २६ अंक बनाएर थ्री स्टार अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ । यस्तै च्यासल युथ क्लबले १५ अंकसहित नवौँ स्थानमा लिग सकाएको छ।




