फागुन २ गते २०७६

ताजा समाचार

फागुन २ गते २०७६

हिमालनय शेर्पाद्धारा एनआरटी पराजित

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज सम्पन्न खेलमा हिमालयन शेर्पाले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

खेलको ३०औँ मिनेटमा एनआरटीका खेलाडी राजेश परियारले गोल गर्दै एनआरटीलाई पहिलो अग्रता दिलाए ।

त्यस्तै हिमालयन शेर्पाका खेलाडी स्टेफन समिरले खेलको ४१ औं मिनेटमा पहिलो हाफमा एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्यायो ।

त्यस्तै खेलको पहिलो हाफको अत्तिरिक्त समयमा हिमालन शेर्पाका खेलाडी त्रिदेव गुरुङले गोल गर्दै हिमालयनलाई जित दिलाएका हुन् ।

जितसँगै हिमालयन शेर्पा १४ अङ्क जोड्दै तालिकाको दशौं स्थानमा रहेको छ भने १५ अङ्क जोडेको एनआरटी नवौं स्थानमा छ ।