प्रधानमन्त्रीको संसद सम्वोधन सर्‍यो

आज तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई सम्वोधन गर्ने कार्यक्रम सरेको छ ।

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद स्रोतले जनाएको छ ।

सरकारको २ वर्ष पुगेको अवसरमा उनले यसबीच भए गरेका कामको बारेमा संसदमार्फत जानकारी गराउने कार्यक्रम रहेको थियो । आजको बैठक स्थगित हुने भएपछि प्रधानमन्त्रीले अर्को बैठकमा मात्रै आफ्ना धारणा राख्ने भएका छन् ।