फागुन २४ देखि रुपा गाँउपालिकामा भलिबल प्रतियोगिता

यही फागुन २४ गतेदेखि रुपा गाउँपालिकामा स्थानीय तहस्तरीय भलिबल प्रतियोगिता आयोजना हुदैं छ ।रुपा गाउँपालिकाले स्थानीय तह स्थापना दिवसको अवसर पारेर अन्तर स्थानीय तह भलिबल प्रतियोगिता आयोजना गरिने गाँउपालिकाले जनाएको छ । फागुन २४ गतेदेखि सञ्चालन हुने गरी अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा सम्बन्धित स्थानीय तहबाट राष्ट्रिय खेलाडीहरुले पनि खेल्न पाउने छन् ।

‘रुपाको पहिचान, सबै क्षेत्रमा समृद्धिको अभियान’ नारासहित काम गर्दै आएको गाउँपालिकाले ‘युवालाई खेलकुदतर्फ आकर्षित गरांै, स्वस्थ र समुन्नत समाजको निर्माण गरौं’ भन्ने उद्घोषका साथ खुला भलिबल प्रतियोगिता गर्न लागिएको अध्यक्ष नवरज ओझाले जानकारी दिए । भीमाद गाउँपालिकाले उपाधि जितेको गएको प्रतियोगितामा १८ स्थानीय तह सभागी थिए भने यो वष कम्तिमा २५ स्थानीय तहले भाग लिने ओझाले बताए ।

प्रतियोगितामा प्रथम हुने स्थानीय तहले १ लाख २० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । द्वित्तीय, तृत्तीय र सान्वना हुने स्थानीय तहले क्रमशः ९० हजार, ६० हजार र ३० रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । विभिन्न उत्कृष्ट खोलाडीहरुले पनि पुरस्कार पाउने छन् । वडा नम्बर ६ का अध्यक्ष नारायण गुरुङको संयोजकत्वमा खेलकुद मूल समिति र अन्य ८ उपसमिति गठन गरेर तयारी थालिएको छ ।

kheladinews.com