कांग्रेसका राष्ट्रियसभा सदस्य उपाध्यायको निधन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका राष्ट्रियसभा सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ।

केही समयदेखि क्यान्सर रोगबाट पीडित उपाध्यायको शुक्रबार बिहान निधन भएको हो ।

रूपन्देहीका  उनी यसअघि नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं.५ को क्षेत्रीय सभापति थिए।