साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।
आज छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि विहिबार पनि छापावाला सुन प्रतितोला रु ७६ हजारमा नै कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य आज रु ७५ हजार ७०० कायम गरिएको छ ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहि प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




