फागुन १ गते २०७६

ताजा समाचार

फागुन १ गते २०७६

अभिलाष र प्रेरणा आईटिएफ जुनियर टेनिसको सेमिफाईनलमा



पोखरामा अयोजित आईटिएफ जुनियर विश्व बरियता टुर टेनिस प्रतियोगितामा नेपालका खेलाडीद्वय प्रेरणा कोईराला र अभिलाष विष्टले जित निकाल्दै सेमिफाईनल प्रवेश गरेका छन् । उनीहरुले फाईनल प्रवेशको लागि भारतीय र सिंगापुरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा अन्तराष्ट्रिय टेनिस महासंघको समन्वयमा आयोजित प्रतियोगिताको चौथो दिन बिहीबार नेपाली खेलाडी प्रेरणा कोईराला नेपालकी सलोनी तामाङलाई ७–६(५), ६–४ को सेटले पराजित गर्दै सेमिफाईनल सुरक्षित बनाईन् । त्यसैगरी अभिलाषा विष्टले पनि जापानकी अओका नागासावालाई ६–१, ६–४ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिन् ।

महिला तर्फ नै भारतीय खेलाडी गर्गी परवरले चीनिया खेलाडी सुहाङ लियाङलाई ६–२, ६–२ को सेटमा पराजित गर्दै सेमिफाईनल पक्का बनाईन् । सिंगापुरकी डिने चोले चीनकी हुवाई चाङलाई ७–५, ६–२ को सेटमा पराजित गर्दै नेपाली खेलाडीसँग सेमिफाईनल प्रतिस्पर्धा गर्ने निश्चित बनाईन् ।

पुरुष तर्फको प्रतिस्पर्धामा भारतीय खेलाडी जस्मिनी सिधानाले भारतीय खेलाडी टोरस रावतलाई ६–२, ६–१ को सेटमा पन्छाईन् । अर्को खेलमा भारतीय खेलाडी कृष्ण होडाले जापानीज खेलाडी साटोरु नाकाजिमालाई पराजित गरेका छन् । अर्को खेलमा जापानीज खेलाडी शोगो साण्डाले भारतीय खेलाडी आर्यन लक्ष्मणलाई ६–७(४), ६–०, ६–४ को सेटले पराजित गरेका थिए । पहिलो सेटमा टाईब्रेकमा पराजित भएपनि दुई सेट भने सोझो रुपमा आफनो पक्षमा पारेका थिए । पुरुषकै प्रतिस्पर्धामा भारतीय खेलाडी अमन दहियाले जर्मनका पउल अर्मिन एलब्रक्टलाई सोझो सेटमा पराजित गर्ने क्रममा ६–३, ६–३ को सेटको नजिता आत्मसात गरे ।

गल्स डबल्स तर्फको प्रतिस्पर्धामा भारतीय खेलाडी गर्गी परवर र हृदय शाको जोडीले मलेसियन हुई ईल सो र नेपाली खेलाडी सलोनी तामाङको जोडीलाई ६–४ र ६–३ को सेटले पन्छाउँदै फाईनल प्रवेश गरेका छन् । अर्को खेलमा हङकङकी इरिका कान्न हगी र भारतीय खेलाडी रिया उबोभेजाको जोडीले नेपाली खेलाडी अभिलाषा विष्ट र इरा मेहेरनिसा रावतको जोडीलाई ६–३, ६–२ को सेटले पन्छाए ।

पुरुष तर्फको डबल्स प्रतिस्पर्धामा दुवै भारतीय टिम फाईनल प्रवेश गरेको छ । जापानीज टिम भने सेमिफाईनलमा पराजित हुन पुगे । भारतीय खेलाडी अदिय बरदान रोय चौधरी र जैस्मिन सिधानाको जोडी र भारतकै अमन दहिया र हिरक भोराको जोडीले फाईनल प्रतिस्पर्धा गर्ने छन् ।

kheladinews.com