सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफ क्लब र ब्रिगेड ब्वाईज क्लब बराबरी खेल्दै अंक बाँडेका छन् ।
एन्फा कम्प्लेक्स मैदानमा बिहिबार भएको लिगको आफ्नो अन्तिम खेलमा एपीएफ र ब्रिगेडले १–१ गोलको बराबरी खेलेका हुन् ।
एपीएफका लागि खेलको ४४औं मिनेटमा आशिष लामालेगोल गरेका थिए । खेलको इन्ज्युरी समयमा ब्रिगेड ब्वाइजका लागि विजय गुरुङले बराबरी गोल फर्काएका थिए ।
बराबरीसँगै १३ खेबाट ९ अंक बनाएको एपीएफ १२ औं स्थानमा छ भने समान ९ अंक बनाएको ब्रिगेड खेलको १३औं स्थानमा छ ।




