विप्लवका अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष पक्राउ

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूह नेतृत्वको अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकाल पक्राउ परेका छन् ।

बिहीबार काठमाडौंको संकटा क्षेत्रबाट ढकाललाई महानरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उनीसँगै अन्य चार जनालाई पनि पक्राउ गरेर थप अनुसन्धान शुरु गरेको एसएसपी सहकुल थापाले जानकारी दिएका छन् ।