फरार दुर्गा प्रसाईं सुटुक्क प्रशासनमा हाजिर

मानहानीको मुद्दापछि फरार रहेका झापास्थित बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं बिहीबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा हाजिर भएका छन् ।

प्रसाई बिहीबार बिहान कार्यालयमा हाजिर हुन आएको र उनलाई बहसपछि साधरण तारेखमा रिहा गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिएकी छन् ।

प्रसाईंविरूद्ध गत माघ २ गते भक्तपुर प्रशासनले पक्राउ गर्न आदेश दिएको थियो । यता प्रसाईंले आफू बिहीबार भक्तपुर प्रशासन नगएको दाबी गरेका छन् ।