बसले ठक्कर दिँदा नेपाली चलचित्रकी नायिका महिमा सिलवाल र उनकी बहिनीको मृत्यु भएको छ ।
बुधबार साझ काठमाडौंबाट भरतपुर जाँदै गरेको बा ९८ प ७०५८ नम्बरको स्कुटरलाइृ भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले ठक्कर दिँदा स्कुटरमा सवार दुवैको मृत्यु भएको धादिङको गजुरी इलाका प्रहरी कार्यालयले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी २२ वर्षीया महिमाको उपचारका क्रममा गजुरी स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो भने उनकी बहिनी २० वर्षीया सरु भनिने सर्मिलाको उपचारकै क्रममा काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो।
‘कारबाही’ चलचित्रबाट डेब्यु गरेकी नायिका महिमाले अप्रिल फुल, चियर्स, दानव, जिग्लोलगायत चलचित्रमा काम गरेकी थिइन्।
ठक्कर दिने बससहित चालक पाल्पाका रन्जित गौतमलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।






