नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई ७० हजार ७८४ रुपैयाँ सहयोग गर्ने भएका छन् ।
उनले नेपालमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग–२ अन्तर्गतको श्रृंखलामा लिने हरेक विकेटमा सगरामाथाको उचाई ९८,८४८ रुपैयाँ० बराबर रङ्गशालालाई सहयोग गर्ने घोषणाअनुसार उक्त रकम सहयोग गर्ने भएका हुन् ।
सन्दीपले नेपालसहित ओमान र अमेरिका सम्मिलित श्रृंखलाको अन्तिम खेलमा बुधबार अमेरिकाविरुद्ध ६ विकेट लिएका छन् । उनले ६ ओभर बलिङ गर्दै एक मेडनसहित ६ विकेट हात पारेका हुन् । उनले १६ रन खर्चिए ।
त्यस्तै उनले शनिबार अमेरिकासँगकै पहिलो खेलमा २ विकेट लिएका थिए। यससँगै उनको कुल ८ विकेट भएको हो ।




