प्रहरीले ललितपुर पुल्चोक क्षेत्रको एक सुन पसलबाट लुटेको एक करोड बराबरको सुनसहित तीन भारतीय नागरीकलाई पक्राउ गरेको छ ।
२१ गते राति सुन पसल फोडेर त्यहाँ रहेको सेफ लिएर फरार भएका ३ भारतीयहरुलाई महानगरीय प्रहरी प्रभाग पुल्चोक र अपराध महाशाखा ललितपुरको टोलीले थानकोटबाट पक्राउ गरेको हो ।
पक्राउ परेका भारतीयहरुले चोरी गरेको सेफ फोडेर सुन चाँदी झिकी सेफ भने वाग्मतीमा फालेको बयान दिएका छन् ।
प्रहरीले पक्राउ तीन जना भारतीय भएको बताए पनि उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।




