शहीद स्मारक ए डिभिजन लीगमा त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइजलाई पराजित गर्दै लीग तालिकाको शीर्ष स्थान उक्लिएको।
एन्फा कम्प्लेक्स सातदोवाटोमा मंगलबार विहान भएको खेलमा त्रिभुवन आर्मीले ब्रिगेड ब्वाइजलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफको पाचौ मिनेटमा आर्मीका कप्तान भरत खवासको गोलबाट अग्रता लिएको आर्मी पहिलो हाफमा १–० गोलले अगाडि रहेको थियो। दोस्रो हाफको ५४ औं मिनेटमा आर्मीका लागि विकास तामाङले थप एक गोल गर्दै अग्रतालाई दोब्बर बनायो। खेलको ७० औं मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले अर्को गोल गर्दै उपाधिका लागि आफ्नो दाबेदारी पक्का गरेको हो ।
१२ खेल मध्ये ९ खेलमा जीत निकालेको आर्मी २९ अंकसहित आर्मी शीर्ष स्थानमा छ ।




