गण्डक सहकारीमा ध्रुव

गण्डक बचत तथा ऋण सहकारी संस्थाको प्रारम्भिक साधारण सभाले अध्यक्षमा धु्रव पनेरूलाई निर्वाचित गरेको छ ।

सञ्चालक समिति उपाध्यक्ष दीपेन्द्र ढकाल, सचिव दीपेन्द्र शर्मा, सहसचिव डिल्लीराम पनेरू र कोषाध्यक्ष ईन्द्रप्रसाद भुवाई छन् । सदस्यमा शिवप्रसाद पौडेल, रामप्रसाद पौडेल, अग्नि पनेरू, बाबुराम उपाध्याय, सिर्जना सापकोटा र शान्ता खाण छन् ।

लेखा समिति संयोजकमा सोवितबहादुर क्षेत्री र सदस्य दिपेस सापकोटा र भीमप्रसाद पौडेल चुनिए । ऋण अनुगमन उपसमिति संयोजक पुरूषोतम पौडेल र सदस्यमा सन्तोष शर्मा र लेखनाथ सापकोटा छन् ।

संस्थाका अध्यक्ष धुव्र पनेरूको अध्यक्षतामा भएको कार्यक्रम पोखरा महानगरपालिका सरकारी समितिका अध्यक्ष  तेजनारायण अधिकारीले उद्घाटन गरेका थिए ।