लुम्बिनीमा एक महिलाको शव फेला परेको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका–४ मा पोखरीमा तैरिएको अवस्थामा अन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको छ ।
पहेँलो रङको साडी र नीलो रंगको स्वेटर, दुई वटा १० र चार वटा पाँच रुपैयाँको नोट, केही सिक्का, नाकको फुली समेत घटना स्थलमा फेला परेको ईप्रका लुम्बिनीका प्रहरी प्रमुख ईश्वर कार्कीले जानकारी दिएका छन् ।
महिलाको शव सडेका कारण पहिचान गर्न नसकिएको प्रहरीको भनाइ छ । शव परीक्षणका लागि भीम अस्पताल पठाइएको र आवश्यक अनुसन्धान भईरहेको प्रहरी प्रमुख कार्कीले बताएका छन् ।






