फ्रेन्ड्समाथि एपिएफको सहज जित

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत सोमबार बिहान भएको खेलमा एपिएफ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ ।

एन्फा कम्प्लेक्स सातोबाटोमा सोमबार बिहान भएको खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा आशिष लामा र प्रविनकुमार स्याङ्तानले दुई दुई गोल र टोपबहादुर विष्टले १ गोल गर्दै एपिएफलाई जित दिलाएका हुन्।

फ्रेण्ड्सका लागि फिलिपे डी सुजा र विश्व अधिकारीले एक गोल गरेका थिए ।

जितपछि एपिएफले १२ खेलबाट ८ अंक बनाएको छ। पराजित फ्रेन्ड्सको समान खेलबाट १४ अंक छ ।