स्रोत नखुलेको ५ लाख ५० हजार नेपाली रुपैयाँसहित एक भारतीय नागरिकपक्राउ परेका छन्।
भारतको रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेको बीआर ०५ एए ७३१९ नम्बरको मोटरसाइकलमा भारतको रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेको अवस्थामा भारतको मोतिहारी जिल्लाको पूर्वी चम्पारण रक्सौल डुमरिया टोल बस्ने ५० वर्षीय सुरेश महत्तो पक्राउ परेका हुन् ।
अवैध वित्तिय कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्दा उनलाई पक्रन सफल भएको र उनीमाथि थप अनुसन्धान अघि बढाएको पर्सा प्रहरीले जनाएको छ ।






