एनआरटीलाई हराउँदै मनाङ तेस्रो स्थानमा

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले एनआरटि क्लबलाई पराजित गरेको छ ।

आइतबार एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले एनआरटीलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

मनाङको जितमा अन्जन विष्टले दुई गोल गरेका छन् भने बिमल राना र दयानन्द सिंहले एक एक गोल गरेका छन् । त्यस्तै एनआरटीका लागि सकल रेग्मीले एक गोल गरेका हुन् ।

जितसँगै ११ खेलपछि २२ अंक बनाएको मनाङ लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै ११ खेलमा १५ अंक रहेको एनआरटि लिगको आठौ स्थानमा रहेको छ ।