प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि आइतबार बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालय बैठक स्थगन गरिएको छ ।
नेकपाको पार्टी एकता प्रक्रिया टुंग्याउन आइतबार आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बस्ने भनिएको थियो।
तर प्रधानमन्त्री ओलीलाई आराम गर्नुपर्ने भएकाले बैठक स्थगन गरिएको नेकपा महासचिव विष्णु पौडेलले बताएका छन् ।
आजको बैठक तयारीका लागि नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार बिहान छलफल भएको थियो ।






